• २१ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

समयमै डिम्याट र मेरो सेयर खाता नविकरण गर्न गरिमा क्यापिटलको आग्रह

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार ०१:०७

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरूलाई डिम्याट र मेरो शेयर खाता समयमै नवीकरण गर्न आग्रह गरेको छ। कम्पनीले चालू आर्थिक वर्षको असार मसान्त भित्र वक्यौता रकम भुक्तानी नगरे खाता फ्रिज हुने स्पष्ट पारेको छ।

National Life

क्यापिटलले विभिन्न अवधिका लागि डिम्याट तथा मेरो शेयर खाता नवीकरण गर्न सकिने सुविधा उपलब्ध गराएको छ।

ग्राहकहरूले आफ्नो आवश्यकताअनुसार निम्नलिखित योजनाहरू छनोट गर्न सक्नेछन्:

Classic Tech Mobile
Classic Tech Desktop
  • नियमित एकवर्षे डिम्याट र मेरो शेयर खाता नवीकरण गर्दा ग्राहकहरूले मात्र १ सय ५० रुपैयाँ भुक्तान गरी एक वर्षका लागि खाता नवीकरण गर्न सक्नेछन् ।
  • पाँचवर्षे डिम्याट र मेरो शेयर खाता नवीकरण गदाृ ग्राहकहरूले मात्र ४ सय ९९ रुपैयाँ भुक्तान गरी पाँच वर्षका लागि हितग्राही र मेरो शेयर खाता नवीकरण गर्न सक्नेछन् ।
  • दशवर्षे डिम्याट र मेरो शेयर खाता नवीकरण ग्राहकहरूले मात्र ९ सय ९९ रुपैयाँ भुक्तानी गरी दश वर्षका लागि नवीकरण गर्न सक्नेछन् ।
  • आजीवन डिम्याट र मेरो शेयर खाता नवीकरण गर्दा ग्राहकहरूले मात्र १ हजार ९ सय ९९ रुपैयाँ भुक्तानी गरी आजीवन दुबै खाता नवीकरण गर्न सक्नेछन् ।

ग्राहकहरूले गरिमा क्यापिटलका देशभरका शाखाहरूमा गई नगद वा चेकमार्फत भुक्तानी गर्न सक्छन्। साथै, क्यापिटलको वेबसाइटबाट वा इसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस, र प्रभु पे जस्ता डिजिटल माध्यमबाट पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनीले लगानी व्यवस्थापन सेवाअन्तर्गत वार्षिक व्यवस्थापन शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ भने कार्य सम्पादन शुल्क १० प्रतिशतमा कायम गरिएको छ। यो योजना २०८२ सालको असार मसान्तसम्म लागू हुनेछ।

गरिमा क्यापिटलले सम्पूर्ण हितग्राही तथा लगानीकर्ताहरूलाई समयमै योजना उपभोग गरी लाभ लिन अनुरोध गरेको छ।

प्रतिकृया