• २१ असोज २०८३, बुधबार
  • ६ः२२ बिहान

प्रधानमन्त्री ओलीको स्पष्ट चेतावनी: ‘संसद् अवरोध भयो पनि संसद् चल्छ’

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार ०३:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अवरोध भएपनि संसद् सञ्चालन हुने स्पष्ट बताएका छन्। संसद्को आगामी बैठकलाई लिएर आयोजित संसदीय दलको बैठकमा बोल्दै ओलीले विपक्षी दलहरूले अवरोध गरेपनि संसद् अगाडि बढाइने जनाएका हुन्।

National Life

“यसरी संसद् चल्दैन भन्ने सोच राखेर नबस्नुहोस्, तयारी भएर बस्नुस्। उहाँहरू कराउन सक्नुहुन्छ, तर संसद् अगाडि बढ्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवाद गर्न खोजिए पनि सम्भव नभएको बताए। “धेरै प्रयास गर्दा पनि उहाँ फेला पर्नु भएन, कुरा गर्न चाहेनजस्तो देखिन्छ। तर संसद् रोकेर देशलाई बर्वाद पार्ने काम गर्नुहुँदैन,” ओलीले भने।

Classic Tech Mobile
Classic Tech Desktop

गृहमन्त्रीको राजीनामाको मागलाई लिएर उठेका सवालमा पनि ओलीले स्पष्ट जवाफ दिएका छन्। उनले कुनै ठोस प्रमाणबिना केवल अनुमानका आधारमा राजीनामा माग गर्नु अन्यायपूर्ण भएको बताए।

“एउटा कर्मचारीलाई बोलाएर सोधिएको आधारमा गृहमन्त्रीको राजीनामा माग्नुको तुक छैन। यस्तो अलोकतान्त्रिक अभ्यास स्वीकार्य हुँदैन,” प्रधानमन्त्रीको तर्क थियो।

ओलीले संसद् अवरोधलाई प्रतिगमन, असंवैधानिक र अलोकतान्त्रिक भनेका छन्। “लोकतान्त्रिक व्यवस्थामा संवादमार्फत समाधान खोजिनुपर्छ, संसद् ठप्प पार्ने काम गलत दिशा हो,” उनले चेतावनी दिएका छन्।

प्रतिकृया