• १ असोज २०८३, बिहीबार
  • १०ः०९ बिहान

सार्वजनिक यातायात व्यवसायीको चरणबद्ध आन्दोलन सुरू, माग नमानिए अनिश्चितकालीन बन्दको चेतावनी

प्रकाशित मिति

२०८२ जेष्ठ १८ गते, आईतवार ०२:२७

काठमाडौं। सार्वजनिक यातायात व्यवसायीहरूले सात बुँदे माग अघि सार्दै चरणबद्ध आन्दोलन थालेका छन्। आन्दोलनको पहिलो चरणमा आइतबार माइतीघर मण्डलामा कालो झण्डासहितको विरोध र्‍याली निकालिएको हो।

National Life

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा निकालिएको र्‍यालीमा व्यवसायीहरू गाडीमा कालो झण्डा राखेर र निधारमा कालोपट्टी बाँधेर सहभागी भएका थिए। उनीहरूले सरकारको नीति र निर्णयविरुद्ध आक्रोश पोख्दै नाराबाजीसमेत गरे।

व्यवसायीहरूले बागमती प्रदेश सरकारले ल्याएको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ खारेज गर्नुपर्ने, राइड सेयरिङ एप्स (जस्तै: पठाओ, इनड्राइभर) बन्द गर्नुपर्ने, सवारी कर छुट लगायतका सात बुँदे माग अघि सारेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि आन्दोलनको पहिलो चरणअन्तर्गत व्यवसायीहरूले रिङरोड सडकखण्डमा सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका थिए। उनीहरूले ६ वटै प्रदेशमा कालो झण्डा देखाउँदै समानान्तर विरोध कार्यक्रम सञ्चालन गरेका थिए। संघर्ष समितिले जेठ १९ गतेसम्म आफ्ना माग सम्बोधन नभए देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ।

प्रतिकृया