• २१ असोज २०८३, बुधबार
  • ६ः३१ बिहान

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरुद्ध रहने माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार १२:३०

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरुद्ध गर्ने निर्णय गरेको छ।

National Life

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले छानबिनलाई सहज बनाउन राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि पार्टी सचिव लिलामणि पोखरेलले जानकारी दिँदै भने, “गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदमा अवरोध जारी रहन्छ।”

माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। तर जेठ १५ गते बजेट प्रस्तुतिको दिन संसद चल्न दिने सहमति गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया