• २१ असोज २०८३, बुधबार
  • ६ः३१ बिहान

साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने घोषणा

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०५:३५

काठमाडौं । सरकारले सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित र पर्यावरणमैत्री बनाउने उद्देश्यसहित साझा यातायातलाई १०० वटा विद्युतीय बस उपलब्ध गराउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यात्रुको चापलाई मध्यनजर गर्दै उक्त बसहरू प्रदान गरिने जानकारी दिएका हुन्।

National Life

अर्थमन्त्री पौडेलका अनुसार, विद्युतीय सार्वजनिक सवारीका माध्यमबाट काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरी क्षेत्रमा सस्तो, सुरक्षित र प्रदूषणरहित यातायात सेवा प्रवाह गर्ने सरकारको लक्ष्य छ। यसका लागि साझा यातायात संस्था मार्फत १०० वटा विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

प्रतिकृया