• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

प्रकाशित मिति

२०८२ जेष्ठ १४ गते, बुधबार ०५:५९

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त आदेश जारी गर्दै अन्तरिम आदेश सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।

National Life

यसअघि मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार आवश्यक विज्ञता नभएको व्यक्तिलाई गभर्नरमा नियुक्त गरिएको भन्दै नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ।

रिट निवेदकहरूले पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति र शपथ गराउने सम्पूर्ण प्रक्रिया गैरकानुनी भएको उल्लेख गर्दै उक्त निर्णय बदर गरिनुपर्ने माग गरेका छन्। सर्वोच्चको आदेशपछि अब यो मुद्दामा विस्तृत बहस हुने भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया