दोर्दी खोला जलविद्युत: साढे १९ लाख कित्ता लिलामी शेयरमा लगानीको मौका
प्रकाशित मिति
२०८२ जेष्ठ ११ गते, आईतवार १०:०२
काठमडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले जेठ ११ गते देखि हकप्रदमा बाँकी रहेका साढे १९ लाखभन्दा बढी कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले कुल १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको हो।
यसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता र लकइन अवधिमा नपरेको ४ लाख ९५ हजार ६७९ कित्ता शेयर रहेको छ। संस्थापक र सर्वसाधारण समूह शेयरको लकइन अवधि असार ७ गते सकिदैछ ।
लगानीकर्ताले लिलामीमा भाग लिन कम्तीमा १०० रुपैयाँलाई आधार मूल्य मानी प्रतिस्पर्धात्मक बोलपत्रमार्फत आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाले जेठ १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने प्रबन्धपत्रमा उल्लेख छ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । यस लिलामी प्रक्रिया मार्फत कम्पनीले पूँजी संरचना सन्तुलनमा ल्याउने र हकप्रदमा बिक्री नभएको सेयर संस्थागत रूपमा व्यवस्थापन गर्ने लक्ष्य लिएको छ।








प्रतिकृया