• २१ असोज २०८३, बुधबार
  • ६ः४७ बिहान

एमाले बागमती प्रदेशका वडाध्यक्षहरूको भेला, प्रधानमन्त्रीले गर्ने उद्‌घाटन

प्रकाशित मिति

२०८२ जेष्ठ ११ गते, आईतवार १०:१७

काठमाडौं। आजबाट नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला सुरु हुने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ । भेला भोलिसम्म चल्ने जनाएको छ ।

National Life

बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईका अनुसार पार्टीको सङ्गठन विस्तारका लागि जनताका अपेक्षाहरू सङ्कलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरूको भेला बोलाइएको हो । एमाले बागमती प्रदेश कमिटीले बोलाएको भेलामा बागमतीका १० जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरू सहभागी हुनेछन् ।

निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरूसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तहदेखि केन्द्र तहसम्म नै रणनीति बनाउने एमालेको तयारी रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया