• २१ असोज २०८३, बुधबार
  • ६ः४७ बिहान

रूसको अपार्टमेन्टमा आगलागी: पाँच जनाको ज्यान गयो, चार घाइते

प्रकाशित मिति

२०८२ जेष्ठ ९ गते, शुक्रबार ०१:३०

काठमाडौं । रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय अपार्टमेन्टमा भीषण आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

National Life

स्थानीय अधिकारीहरूका अनुसार आगलागी स्थानीय समयअनुसार बिहान ३:१० बजे एक अपार्टमेन्टको भान्साबाट सुरु भएको थियो। आगोको लप्का तीव्र गतिमा फैलिएको थियो भने बाक्लो धुवाँ आकाशसम्मै पुगेको देखिएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार आगलागीको कारण घरेलु उपकरणमा विद्युत् चुहावट भएको बताइएको छ। घटनास्थलमै तीन पुरुष र एक महिलाको मृत्यु भएको हो भने अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा ज्यान गएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

घटनास्थलबाट १७ जनालाई सुरक्षितरूपमा उद्धार गरिएको छ भने हाल आगो पूर्णरूपमा नियन्त्रणमा लिइसकिएको छ। सुरक्षाकर्मी र सम्बन्धित निकायहरूले घटनाको थप अनुसन्धान जारी राखेका छन्।

प्रतिकृया