• २१ असोज २०८३, बुधबार
  • ७ः०८ बिहान

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०८२ बैशाख २८ गते, आईतवार ११:४९

अधिक तरलता व्यवस्थापन गर्न बजारबाट नेपाल राष्ट्र बैंकले आइतबार ३य अर्ब बराबर तरलता खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्ने भएको हो।

National Life

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

राष्ट्र बैंकले सूचना जारी गरेर यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने जानकारी दिएको छ । निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

जेठ १८ गते साँवा तथा ब्याज भुक्तानी हुने निक्षेप संकलनको उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

राष्ट्र बैंकले यसअगाडि ३ गते ३० अर्ब , ७ गते ३० अर्ब १० गते ३५ अर्ब, १७ गते र २१ गते ५० अर्ब , २४ गते ३५ अर्ब रुपैयाँ तरलता खिचेको थियो ।

प्रतिकृया