• २१ असोज २०८३, बुधबार
  • ७ः२६ बिहान

आज यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ बैशाख २८ गते, आईतवार ०७:४१

वैशाख २८, २०८२ काठमाडौँ: हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

National Life

जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको छ । देशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया