• २१ जेठ २०८३, बिहीबार
  • ९:४८ बिहान

टोखामा नदी सफाइ अभियान तीव्र

प्रकाशित मिति

२०८१ चैत्र २५ गते, सोमबार १२:०८

चैत्र २५, २०८१ काठमाडौँ: टोखा नगरपालिकाले नदी सफाइ अभियानलाई तीव्रता दिएसँगै टोखा क्षेत्र सुन्दर र हराभरा बन्दै गएको छ । नगरपालिकाले टोखा नगरपालिका क्षेत्र हुँदै बग्ने विष्णुमती नदी सफाई कार्यलाई नगरपालिकाले अभियानकै रुपमा अगाडि बढाएकाले नगरपालिका क्षेत्र सुन्दर हराभरा बन्दै गएको हो ।

नगरपालिकाले हरेक हप्ता नदी सफाइ अभियानलाई प्राथमिकताका साथ अगाडी बढाइरहेको छ । गत शनिबार २३ गते ४५ औं हप्तामा नदी सफाइ अभियान सञ्चालन गरिएको टोखा नगरपालिकाले जनाएको छ ।

Kamana Sewa

नगर प्रमुख प्रकाश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीको उच्च सक्रियाताका कारण नगरपालिकाले विष्णुमती सफाई अभियानलाई तीव्रता पाइएको हो ।

Classic Tech Desktop

यस अभियानमा नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सबै वडाका वडाध्यक्ष, जनप्रतिनिधिहरु, नगरपालिका कर्मचारी, नगर प्रहरि, सशस्त्र प्रहरि लायन्स क्लव अफ काठमाडौका प्रतिनिधि, नागरिक समाजका अगाुवा, बुद्धिजिवी लगायतको सक्रिय सभागिता रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत विसीले स्वच्छ र सफा हराभरा नगरपालिका निर्माण गर्ने उद्देश्यले नगरपालिकाले हरेक हप्ता नदी सफाइ अयिभानको रुपमा सञ्चालन गरेको बताउनुभयो ।

यससँगै टोखा नगरपालिकाले प्रत्येक वडामा पार्क निर्माण कार्यलाई पनि तीव्रता दिँदै आएको छ ।

प्रतिकृया