• ३ असोज २०८३, शनिबार
  • ३ः१३ दिउँसो

पीएम कपमा आज तीन खेल हुँदै

प्रकाशित मिति

२०८१ चैत्र १० गते, आईतवार ०७:१०

चैत्र १०, २०८१ काठमाडौँ: जारी पीएम कपमा आज तीन खेल हुदै छन् ।

National Life

आज सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ७ खेलमा २ जित र ५ हार बेहोरेको छ भने कोशी प्रदेशले खेलेका ७ खेलमा १ जित र ६ हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा आर्मी क्लबले ७ खेलमा ६ जित र एक हार बेहोरेको छ भने लुम्बिनी प्रदेशले ७ खेलमा ४ जित ३ हार बेहोरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र एपीएफ क्लबबीच हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा गण्डकीले ७ खेलमा एक जित र ६ हार बेहोरेको छ भने एपीएफले आफ्ना ६ खेलमा ४ जित र २ हार बेहोरेको रहेको छ ।

प्रतिकृया