• ६ असोज २०८३, मंगलबार
  • १ः०३ दिउँसो

नक्कली भ्याट बिल प्रकरणः ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०६:३४

सर्वोच्चले अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधिश प्रकाश कुमार ढुंगालानासहितको इजलासले करिब डेढ दर्जन मुद्दा निरन्तर सुनुवाइका लागि आगामी मंसिर १ का लागि ‘हेर्दाहेर्द’मा राखेको छ ।

National Life

भाटभटेनी डिपार्टमेन्ट स्टोर, शंकर अक्सिनज, महेश बानियाँ, अरुण इन्टरकन्टिनेन्टल र एआईटी प्रालि जोडिएका मुद्दाको सुनुवाइ थालेको हो । यिनीहरु मुख्य रुपमा आयकार र मूल्य अभिवृद्धि करको विवादमा मुछिएका छन् ।
(कृष्ण ज्ञवाली)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया