• ४ साउन २०८३, सोमबार
  • २:३२ बिहान

नगरपालिकाद्धारा दुवाकोटमा सरसफाई तथा डेंगुको जनचेतना मुलक कार्यक्रम

प्रकाशित मिति

२०७६ भाद्र ३० गते, सोमबार ०५:२२

भक्तपुर, चाँगुनारायण नगरपालिकाले वडा नं. २ दुवाकोटमा सरसफाई तथा डेंगुको जनचेतना मुलक कार्यक्रम गरेको छ । वडा नं. २ का वडा अध्यक्ष शिवहरी केसी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जन समुदाय, बुद्धीजीवी समाजसेवी लगायतका विभिन्न समुहहरुको उपस्थितीमा वृहत सरसफाई र डेंगु अभियान कार्यक्रम विहिबार गरेको थियो ।

अध्यक्ष केसीका अनुसार फोहोरका कारण डेंगु जस्ता विभिन्न रोगहरु भैइरहेको कारण हामीले आ–आफ्नै भुमिकाबाट आफ्नै घर दैलो, समाजबाट सरसफाई अभियान गर्यो भने यस्ता रोगहरु सबै आफै हराउने बताउनुभयो ।

Kamana Sewa

प्रि–मनसुनमा नै प्रकोपको रुप लिएको डेंगु अहिले देशभरका ५६ जिल्लामा प्रमुख समस्याको रुपमा देखापरेको छ । यो आार्थक वर्ष भित्र करिब चार हजार व्यक्तिमा डेंगु संक्रमण रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोली तथा रोग नियन्त्रणले महाशाखाले जनाएको छ । देशभरी हाल सम्म डेंगुबाट ६ जनाको मृत्यु भइसकेको छ ।

Classic Tech Desktop

 

 

 

प्रतिकृया