• ३ असोज २०८३, शनिबार
  • २ः५० दिउँसो

महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

प्रकाशित मिति

२०८१ माघ २० गते, आईतवार ०२:५९

माघ २०, २०८१ काठमाडौँ: त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज यहाँ जारी खेलमा नेदरल्याण्ड्सले जितका लागि नेपाल सामू एक सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

National Life

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४० रन बनायो। उसका लागि कप्तान बाबेट डी लिडेले ३८ बल खेल्ने क्रममा चार चौका र एक छक्काको सहयोगमा ४१ रनको योगदान दिइन्। त्यसैगरी हिटर सिर्गसले २६, रोबिन रिके र फेबी मोलकिनबोरले समान २१-२१ रन जोडे।

बलिङतर्फ नेपालकी सीता रानामगरले सर्वाधिक पाँच विकेट लिइन्। त्यस्तै मनिषा उपाध्यायले दुई तथा कविता जोशी र इन्दु वर्माले समान एक-एक विकेट लिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ। नेपालले यसअघि खेलेको दुई खेलमा दुवैमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। त्यसैगरी आफ्नो दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो।

यता नेदरयाण्ड्स भने प्रतियोगितामा दोस्रो जितको खोजिमा छ। नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो।

पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

प्रतिकृया