• ७ असोज २०८३, बुधबार
  • ११ः२६ बिहान

पश्चिम नेपाल भूकम्प र मनसुनजन्य विपद् पश्चात पुनःनिर्माण योजना

प्रकाशित मिति

२०८१ पुष २२ गते, सोमबार १२:१०

पुष २२, २०८१ काठमाडौँ: विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५औँ बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पछि पुनःनिर्माणका लागि ठोस योजना तत्काल ल्याउन निर्देशन दिएको छ।

National Life

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सम्पन्न बैठकमा पुनःनिर्माण योजनाका प्रस्तावित विषयहरू प्रस्तुत गरियो। क्षतिको विस्तृत लेखाजोखा (डिडिए) गर्न सम्बन्धित मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई प्रस्ताव गर्ने निर्णय गरिएको छ।

प्रस्ताव अनुसार, आगामी तीन वर्षभित्र पुनःनिर्माणका लागि ९८ अर्ब ६५ करोडको अनुमान गरिएको छ, जसमा निजी आवास, सडक, विद्युत्, खानेपानी, र सहरी पूर्वाधार समावेश छन्।

Classic Tech Mobile
Classic Tech Desktop

डोटी, बाजुरा, र बझाङ भूकम्प प्रभावित क्षेत्रमा निजी आवास पुनःनिर्माण र प्रबलीकरण प्रक्रिया सुरु गर्ने तयारी भएको छ। साथै, बाढी तथा विपद्मा मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराउने विषयमा प्राधिकरणले योजना बनाएको छ।

प्रतिकृया