• ११ असोज २०८३, आइतबार
  • ५ः५९ बेलुका

कस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान ?

प्रकाशित मिति

२०८१ पुष १५ गते, सोमबार ०८:२६

पुष १५, २०८१ काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

National Life

आज कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै आज मधेश प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यसैगरी बागमती प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा पनि मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यसैगरी आज लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया