• ७ असोज २०८३, बुधबार
  • १०ः३० राती

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

प्रकाशित मिति

२०८१ मंसिर ७ गते, शुक्रबार १०:५२

मंसिर ७, २०८१ काठमाडौँ: सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् ।

National Life

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिकृया