• ११ असोज २०८३, आइतबार
  • ६ः५९ बेलुका

मन्त्रालयलाई ११ हवाई कम्पनीले बुझाए भाडादरको विवरण

प्रकाशित मिति

२०८१ मंसिर ७ गते, शुक्रबार ०७:२२

मंसिर ७, २०८१ काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ११ हवाई कम्पनीले भाडादरको विवरण बुझाएका छन्।

National Life

अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी नागरिकलाई दुःख दिएको गुनासो सँगै पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन बुधबार निर्देशन दिएकोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाएका हुन्।

विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया