• ७ असोज २०८३, बुधबार
  • ३ः१४ दिउँसो

ज्योति विकास बैंकका ग्राहकहरुलाई Skywalk Nepal मा विशेष छुट

प्रकाशित मिति

२०८१ कार्तिक १३ गते, मंगलवार ११:३१

कार्तिक १३ , २०८१ काठमाडौँ: ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई “Skywalk Nepal” मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित “Skywalk Nepal” मा २०% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिंग तथा ब्रान्डिङ विभागका प्रमुख श्री कुशल जंग अधिकारी तथा SkyWalk Nepal को तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री रोहित ज्ञवालीले हस्ताक्षर गर्नुभएको हो।

National Life

यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले Skywalk Nepal का भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन्। छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकहरुको माझ प्रमुख भ्रमण गन्तब्य बन्न सफल Skywalk टावर काठमाडौँको दृष्यावलोकनको लागि उचित छ। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

हालै बैंकले पोखरास्थित “Kuti Resort” मा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले चितवनस्थित “Jungle Villa Resort” र मकवानपुरस्थित प्रख्यात “Tistung Resort” मा बैंकका ग्राहकहरूलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब १७१५ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिकृया