• ६ असोज २०८३, मंगलबार
  • १२ः२९ दिउँसो

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा तत्काल समाधानको माग

प्रकाशित मिति

२०८१ कार्तिक ११ गते, आईतवार ०२:५९

कार्तिक ११ , २०८१ काठमाडौँ: हाल चाडपर्वको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवादका कारण नेपाल विद्युत प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि काटिएको घटनामा यस संघको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ । यस किसिमको निणर्यले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पुर्याउने साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने देखिन्छ ।

National Life

उद्योगहरूको विद्युत आपूर्ति कटौती गर्दा उद्योगहरूको दैनिक सञ्चालनमा अवरोध आई उद्योगको लगानीमा प्रतिकूल असर परेको स्पष्ट भएको छ । साथै, यसले उद्योगीहरूलाई असहज स्थिति सृजना गरेको छ, जसको समाधान सबै पक्षले वार्ताद्वारा गरिनुपर्ने यस संघको माग रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले यस विषयमा प्रतिवेदन बुझाइसकेको भए तापनि उक्त प्रतिवेदनको कार्यान्वयन नहुँदा यस किसिमको समस्या उत्पन्न भएको हो । यस संघ, नेपाल सरकार , नेपाल विद्युत प्राधिकरणसँग उद्योगहरूको लाइन तत्काल जडान गर्न, वर्तमान विवादमा उत्पन्न असमझदारीलाई हटाई सबै पक्षहरू वार्ताद्वारा समाधान खोज्न अपिल गर्दछ । यसले उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने यस संघको विश्वास छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया