• ६ असोज २०८३, मंगलबार
  • २ः१२ दिउँसो

चितवन जाँदै गरेको भ्यान धादिङमा दुर्घटना, ११ जना घाइते

प्रकाशित मिति

२०८१ कार्तिक ९ गते, शुक्रबार ०३:०७

कार्तिक ९ , २०८१ काठमाडौँ: धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको भ्यान शुक्रबार दिउँसो थाक्रे गाउँपालिका-६ महादेवबेशी नजिकै दुर्घटना भएको हो ।

National Life

घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेशीको टाइम्स केयर अस्पताल लगिएको छ । भ्यान दुर्घटनाको कारण खुलिसकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया