• ७ असोज २०८३, बुधबार
  • ८ः२९ राती

राष्ट्रपतिले दिउँसो डेढ घण्टा सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

प्रकाशित मिति

२०८१ आश्विन २६ गते, शनिबार ०८:३९

असोज २६ , २०८१ काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई वडादसैँको टीका तथा जमरा लगाइदिने भएका छन्।

National Life

शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई राष्ट्रपति पौडेलले टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

विजया दशमीका उपलक्ष्यमा शनिबार दिउँसो राष्ट्रपति पौडेलले ३ बजेदेखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यतालिका छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति पौडेलले टीका तथा जमरा लगाइदिनेछन्। साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ।

राष्ट्रपतिले दाइका हातबाट टीका लाउने
राष्ट्रपति पौडेलले भने बडा दसैँको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने भएका छन। सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्ने कार्यक्रम छ।

यस वर्षको दसैँको शुभ साइत शनिबार ११ः३६ बजे छ। सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रतिकृया