• २१ असोज २०८३, बुधबार
  • ७ः२४ बिहान

कस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८१ आश्विन ८ गते, मंगलवार ०७:३१

असोज ८ , २०८१ काठमाडौँ : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

National Life

हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थान हल्का वर्षाभै रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी , बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानगमा धेरै भारी वर्षाको सम्भावना रहको छ ।

प्रतिकृया