• ६ असोज २०८३, मंगलबार
  • २ः१५ दिउँसो

प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान

प्रकाशित मिति

२०८१ आश्विन ७ गते, सोमबार ०१:३५

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । एथेन्समा आयोजना हुने ३८औंँ अन्तर्राष्ट्रिय लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज त्यसतर्फ प्रस्थान गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

National Life

उनका अनुसार यही असोज ८ गतेदेखि १० गतेसम्म उक्त सञ्चालन हुने र उक्त सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य समेत सहभागी हुनेछन् ।

प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत प्रहरी वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विदाइ गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया