• ९ असोज २०८३, शुक्रबार
  • ६ः२३ बिहान

कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित

प्रकाशित मिति

२०८१ आश्विन ७ गते, सोमबार १०:२०

भिसा इन्टरनेशनल (VISA International)द्वारा “लिडरशिप कन्क्लेभ नेपाल २०२४”(Leadership Conclave Nepal 2024) सम्मेलनमा कुमारी बैंक लिमिटेड(KBL)लाई सम्मान गरिएकाे छ। उक्त सम्मेलन शुक्रबार आयोजना गरिएकाे थियाे ।

National Life

लिडर्स (Leaders’ Conclave) सम्मेलनमा भिसा इन्टरनेशनल (VISA International)द्वारा कुमारी बैंक लिमिटेडलाई एक्सिलेन्स इन कन्ज्यूमर क्रेडिट कार्ड्स बिजनेस “Excellence in Consumer Credit Cards Business” र एक्सिलेन्स इन क्रस बर्डर बिजनेस “Excellence in Cross – Border Business” अवार्डहरुले सम्मानित गरिएको छ ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रतिकृया