• २१ असोज २०८३, बुधबार
  • ७ः१७ बिहान

नारायणगढ-मुग्लिन सडक भासियो एकतर्फी सञ्चालन

प्रकाशित मिति

२०८१ भाद्र ३१ गते, सोमबार ०९:०२

भदौ ३१, २०८१ काठमाडौँ:  नारायणगढ मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो सडक आइतबार भासिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो।

National Life

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ।

प्रतिकृया