नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
प्रकाशित मिति
२०८१ भाद्र १३ गते, बिहीबार १२:११
भाद्र १३, २०८१ काठमाडौँ: नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका-४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन् ।
खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
Related
Recent News
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया