• ३१ भदौ २०८३, बुधबार
  • ४ः२१ बेलुका

भारतको कलकत्तामा पुर्‍याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ

प्रकाशित मिति

२०८१ भाद्र १२ गते, बुधबार ०१:३४

भाद्र १२, २०८१ काठमाडौँ: विभिन्न प्रलोभनमा पारी भारतको कलकत्तामा पुर्‍याई मानव अंग मृगौला बेचबिखन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका-२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

National Life

उनीहरूले पीडितलाई मृगौला बिक्रि गरेमा १० लाख कमाउन सकिने प्रलोभनमा पारी पीडितको स्वाथ्य परीक्षण गराई काठमाडौंबाट वीरगंज हुँदै भारतको कलकत्ता पुर्‍याएको खुल्न आएको छ ।

थप अनुसन्धानको क्रममा मृगौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परीवार भित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरु झुट्टा बनाई धाक धम्की दिई उल्लेखित रकम समेत नदिई जवरजस्ती मृगौला प्रत्यारोपण गरेको खुल्न आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया