• १३ असोज २०८३, मंगलबार
  • १ः४९ राती

बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

प्रकाशित मिति

२०८१ भाद्र ६ गते, बिहीबार ११:३०

भाद्र ६, २०८१ काठमाडौँ: काठमाडौँ चन्द्रागिरिमा बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

National Life

चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिकैको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको अवस्थामा आज बिहान शंकास्पद वस्तु फेला परेको थियो ।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्फोजल टोलीले सुरक्षितसँग निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

शंकास्पद वस्तु बम हो/होइन प्रहरीले खुलाएको छैन ।

प्रतिकृया