• २३ भदौ २०८३, मंगलबार
  • ७ः१५ बिहान

माओवादीको बैठक: राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ

प्रकाशित मिति

२०८१ श्रावण १२ गते, शनिबार ०७:५०

साउन १२, २०८१ काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा बर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् ।

National Life

शुक्रबार बसेको बैठकमा प्रचण्डले कमजोर बनेको वर्गीय सम्बन्धलाई सुधार गर्ने मौका माओवादीले अहिले पाइरहेको बताएका हुन् । प्रचण्डले भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाहको क्षेत्रमा र कुटनैतिक क्षेत्रमा राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनु परेको बैठकमा ब्रिफिङ गरेका थिए ।

उनले बैठकमा भने- ‘हामीले सरकारमा रहेर भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने पक्षमा, कुटनैतिक क्षेत्रमा हामीले निकै राम्रो पहलकमदी लिएका थियौं । त्यो पहल कदमी लिँदालिँदै समीकरण परिवर्तन गरियो ।’

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष प्रचण्डको ब्रिफिङपछि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव चक्रपाणि खनाल, हितराज पाण्डे, प्रवक्ता सापकोटा, उपमहासचिव वर्षमान पुन र राम कार्कीले आ–आफ्नो धारणा राखेको पनि प्रवक्ता सापकोटाले बताए ।

प्रवक्ता सापकोटाका अनुसार नेताहरुले अब माओवादी रुपान्तरण र सुद्धीकरणको बाटोमा जानु जरुरी रहेको धारणा राखेका थिए ।

नेताहरुले धारणा राख्ने क्रम जारी रहेकोले बैठक भोलीपनि जारी रहने सापकोटाले जानकारी दिएका छन् ।

प्रतिकृया