पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा
प्रकाशित मिति
२०८१ श्रावण १२ गते, शनिबार ०७:४३

साउन १२, २०८१ काठमाडौँ: श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १४० रन बनाएको थियो ।
योजितपछि श्रीलंकाले फाइनलमा भारतको सामना गर्ने छ । शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल खेल आइतबार हुने छ ।
यो हारसँगै पाकिस्तानको एशिया कप यात्रा टुंगिएको छ ।
Related
Recent News
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट
- घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- असार मसान्तमा दुई करोडसम्मका ऋणीलाई राहत, राष्ट्र बैंकको नयाँ व्यवस्था
- आज प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित हुने
प्रतिकृया