• ५ साउन २०८३, मंगलबार
  • ५:४६ बेलुका

सन्दीपविरुद्ध गौशाला २६ सर्वोच्च नजाने, उच्च सरकारी वकिलकहाँ दिइन् निवेदन

प्रकाशित मिति

२०८१ श्रावण ११ गते, शुक्रबार ०३:१३

साउन ११, २०८१ काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने भएकी छन् ।

गौशाला २६ ले गत जेठ २ गते पाटन उच्च अदालतले सन्दीपलाई सफाइ दिने गरी गरेको फैसालविरुद्ध सर्वोच्च नजाने भन्दै उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी हुन् । उच्च सरकारी वकिलको कार्यालय पाटनका उपन्यायाधिवक्ता एवम् प्रवक्ता धर्मअवतार कोइरालाले यसको पुष्टि गरेका छन् ।

Kamana Sewa

‘गौशाला २६ को तर्फबाट एउटा निवेदन आइपुगेको छ । जसमा उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च नजाने व्यहोरा उल्लेख गरिएको छ’, कोइरालाले भने ।

Classic Tech Desktop

गौशाला २६ ले उक्त निर्णसहित उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएसँगै अब सन्दीपलाई पनि राहत मिलेको छ । उनले आफूविरुद्धको बलात्कार मुद्दाबाट उच्चदेखि नै स्थायी रुपमा राहत पाउने निश्चित भएको छ ।

गौशाला २६ ले सन्दीपविरुद्ध सर्वोच्च नजाने निर्णयसहितको निवेदन महान्यायाधिवक्ताको कार्यालयमा समेत पठाएकी छन् । उनले सुरुमा महान्यायाधिवक्ता रमेश बडालकहाँ निवेदन पुर्‍याएकी थिइन् । त्यसपछि उनले शुक्रबार उच्च सरकारी वकिलको कार्यालय पाटनमा निवेदन दर्ता गराएकी हुन् ।

प्रतिकृया