• ३१ साउन २०८३, आइतबार
  • १२:३७ बिहान

लुम्बिनीमा जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

प्रकाशित मिति

२०८१ असार ९ गते, आईतवार १०:५४

असार ९, २०८१ काठमाडौँ: उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएकी हुन् ।

विज्ञप्तिमा आजका मितिदेखि नै आफ्नो दल प्रतिपक्ष दलको भूमिकामा बस्ने उल्लेख छ । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

Kamana Sewa

जसपाले समर्थन फिर्ता लिए पनि लुम्बिनीमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई बहुमतमा समस्या छैन । उनलाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४, अशोक राई नेतृत्वका जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ सांसदको समर्थन कायम छ ।

Classic Tech Desktop

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक छ ।

प्रतिकृया