• २३ भदौ २०८३, मंगलबार
  • ८ः५३ बिहान

हार्नेस जिपलाइन प्रा.लि र गेट वे हिमालय रिसोर्ट प्रा.लि को प्रभु बैंक लि.सँग विशेष छुट सम्झौता

प्रकाशित मिति

२०८१ जेष्ठ २३ गते, बुधबार ११:४१

जेठ २३, २०८१ कुश्मा : आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्न भिन्न भाषा संस्कृती, भौगोलिक बनावट र पछिल्लो समयमा जिपलाइन, बन्जी लगाएतका साहसीक त्रियाकलाप को लागि चर्चित ठाँउ पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि.साथै । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गन्तब्य, भिन्न भिन्न भाषा संस्कृती, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहर मा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि.को प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

National Life

एक समारोहका बीच हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्घारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रा.लि मा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । हार्नेस जिपलाइन प्रा.लि, पछिल्लो तिन बर्षदेखी संचालनमा आएको र छोटो समयमा नै धेरै साहसीक मनहरु लाई आकर्षित गर्न सफल भएको देखिन्छ । तथा गेट वे हिमालय रिसोर्ट प्रा.लि मा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।

Classic Tech Mobile
Classic Tech Desktop

गेट वे हिमालय रिसोर्ट प्रा.लि, पछिल्लो एक दशकदेखी संचालनमा आएको बेशिसहर जिल्लाकै सुबिधा सम्पन्न रिसोर्टको रुपमा परिचित पाइन्छ तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रतिकृया