• ८ असोज २०८३, बिहीबार
  • १ः४८ राती

रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे संचालन गर्नु उपर्युक्तः पर्यटनमन्त्री तामाङ

प्रकाशित मिति

२०८१ जेष्ठ २१ गते, सोमबार १२:११

जेठ २१, २०८१ काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे (घरबास)कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् । हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास)को बाषिक उत्सव र नयाँ होमस्टे घरहरुको उद्घाटन कार्यक्रममा उनले शहरभन्दा नजिक उपत्यकाको काँठे एरियाहरुमा होमस्टे कार्यक्रम बिस्तार गर्न सकिने बताएका हुन् ।

National Life

बिदेशी तथा स्वदेशी पर्यटकलाई लोकल तथा अर्गानिक खानाको स्वाद सँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने भन्दै मन्त्री तामाङले होमस्टेलाई व्यावस्थित तथा प्रभावकारी र उदेश्यमुलक बनाएर सन्चालन गर्नुपर्नेमा जोड दिए । शहरी क्षेत्रमा रहेका घरहरुमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चीत रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ भन्नेकुरा हाँडिगाउँ होमस्टेले प्रमाणित गरिसकेको भन्दै उनले अब हाँडिगाउँमा मात्रै सिमित नराखि शहरका अन्य कुना कुनामा पनि होमस्टे सन्चालन गरि त्यहाँको मौलिक कला, संस्कृति, संस्कारको संरक्षण र प्रचार गर्न सकिने धारणा राखे ।

उनले भने, ‘काठमाडौंको रिङरोड बाहिरका काठ एरियामा खेती गर्ने, पशुपालन गर्ने र गाईबस्तुको मलबाट तरकारी फलाउने गरिन्थ्यो । अहिले खेतीयोग्य जमिन कम होलान् तर जति छन् त्यसलाई उपयोगमा ल्याएर त्यस्ता बस्तीहरुमा होमस्टे सञ्चालन गरि पुरानो जीवनशैलीमा आधुनिक प्रविधिको मिश्रण गर्दै स्थानीय उत्पादनबाट पाहुनाको स्वागत सत्कार गर्न सकेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने सम्भावना छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा हाँडिगाउँ सामुदायिक होमस्टेका अध्यक्ष शकुन्तला घिमिरेले ११ वटा घरबाट सन्चालन गरिएकोमा हाल २७ वटा घर आवद्ध भएको र ५० घर पुर्याउने योजना रहेको बताइन् । हाँडिगाउँ आफैमा महत्वपूर्ण इतिहाल बोकेको स्थान भएको भन्दै उनले यहाँको लोकल खानाका परिकार सँगै पाहुनालाई मौलिक सस्कार सस्कृति र पहिरनका साथ सत्कार गर्ने गरिएको जानकारी दिइन् ।

प्रतिकृया