• १९ भदौ २०८३, शुक्रबार
  • ५ः५५ बेलुका

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

प्रकाशित मिति

२०८१ बैशाख २८ गते, शुक्रबार ०६:०८

वैशाख २८, २०८१ काठमाडौँ: ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकको उद्देश्य र धेय प्राप्तिको लागि मूल्य मान्यताहरुमा अन्तर्निहित रही बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा १५ वर्षसम्म अनवरत रुपमा सहयात्रा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकालले कर्मचारीहरुलाई सम्मानित गर्नुका साथै कर्मचारीहरुको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गर्नु भएको हो। सम्मानित हुनेहरुमा श्री विकास रानाभाट, श्री प्रमिला केसी, श्री जमुना रिसाल, श्री अनिता राई र श्री होम कुमारी बस्नेत रहनुभएको छ ।

Kamana Sewa

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री ढकालले कर्मचारीहरूले वर्षौंदेखि बैंकमा ल्याएको अमूल्य अनुभव र समर्पणलाई प्रकाश पार्दै १५ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिनुहुने कर्मचारीहरू प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो। साथै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गर्नुभयो ।

Classic Tech Desktop

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ATM मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिकृया