• २१ असोज २०८३, बुधबार
  • ८ः२० बिहान

महादेववेसीमा स्वास्थ्य शिविर सम्पन्न, सयौं बिरामीको उपचार

प्रकाशित मिति

२०८१ बैशाख २५ गते, मंगलवार १०:४५

वैशाख २५, २०८१ काठमाडौँ: बाल विकास कार्यक्रम नेपाल CDPN को आयोजनामा सम्पन्न भएको शिविरमा थाक्रे गाउँपालिका,फ्रन्ट लाईन हस्पीटलको ,तिलगंगा अस्पताल सहयोग रहेको थियो। शिविरबाट ६६९ जना लाभान्वित भएको फ्रन्टलाईन हस्पिटल काे अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली र पब्लिव रिलेसन डिपार्टमेन्ट का प्रमुख रवि खड्का ले जानकारी दिनु भएको छ।

National Life

शिविरमा १ सय ८३ जनाको आँखाको परिक्षण,९९ जनाको जनरल फिजिसेन् सेवा लिएका छन्, यसैगरी शिविरमा ५२ जनाको दन्त परिक्षण, नाक कान तथा घाँटी ७८ जना, बाल रोग ४६ जना र १०१,हड्डी तथा नसा, ११०महिला सम्बन्धी रोगको परीक्षण साथै आवसेक काे भिडियो एक्सरे भएको फ्रन्टलाईन को नेपाली र खड्का को भनाई छ।

भने शिविरमा निशुल्क औषधी समेत वितरण गरीएको थियो । आँखाको परिक्षण गराएका मध्ये ३३ जनाको आँखाको अप्रेशन गर्नुपर्ने देखिएको छ । आँखाको अप्रेशन गर्नुपर्नेको लागि निशुुल्क गरिने आयोजकले बताएको छ र साथ साथै फ्रन्टलाईन हस्पिटल मा पनि अति विशेष सहुलेथ मा उपचार को जानकारी कृष्ण नेपाली ले दिनु भयो । उपचारका लागि थाक्रे गाउँपालिका ,गल्छी गाउँपालिका वडा नम्बर ५र ७ मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७,८ का नागरिकहरुको उपस्तिथि रहेको cdpn प्रमुख राम कुमार आचार्य ले दिनु भयो शिविरमा थाक्रेका अध्यक्ष रामकुमार आचार्य , थाक्रे वडा नम्बर ६ का वडा अध्यक्ष हिरा बहादुर थापा९राजेन्द्र० बाल बिकास कार्यक्रम नेपाल का अध्यक्ष बाल कृष्ण भट्टराई, फ्रन्ट लाईन का अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली र रबि खड्का रहेको थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया