• २१ असोज २०८३, बुधबार
  • ७ः४६ बिहान

गण्डकी प्रदेश सभामा सभामुखबाट भएको असंवैधानिक कार्यप्रति नेपाली कांग्रेसद्वारा घोर निन्दा र भत्र्सना

प्रकाशित मिति

२०८१ बैशाख २५ गते, मंगलवार ०९:५८

वैशाख २५, २०८१ काठमाडौँ: गण्डकी प्रदेश सभामा मुख्य मन्त्री खगराज अधिकारीेले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यास विपरीत भएको असंवैधानिक कार्यप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।

National Life

नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भए अनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नु पर्ने व्यवस्था हुँदाहुँदै ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नु नेपालको संविधानको मर्म र भावना तथा संसदीय शासन पद्धतिको आधारभूत मूल्य, मान्यता एवं संसदीय अभ्यास र परम्परा विपरीत गरिएको कार्य हो भन्ने नेपाली कांग्रेसको ठहर छ ।

उक्त कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधान माथि कै ठाडो प्रहार हो र यसले सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको छ । यो असंवैधानिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया