• ७ असोज २०८३, बुधबार
  • १०ः०३ राती

लागुऔषध मुद्दामा कञ्चनपुरमा २१६ जना पक्राउ

प्रकाशित मिति

२०८१ बैशाख ३ गते, सोमबार १०:४०

वैशाख ३, २०८१ कञ्चनपुर: बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हेरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन् ।

National Life

उनका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेशसमेत बरामद गरिएको छ । ‘अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा कुसङ्गतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ’, प्रहरी उपरीक्षक जोशीले भने, ‘प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ । स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ ।’

जिल्लाका लागुऔषधको कारोबार हुने ठाउँ र भारतबाट लुकीछिपी ल्याइने सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रहरी उपरीक्षक जोशीले बताए । ‘सीमा बस्तीदेखि सदरमुकामसम्म लागुऔषधको कारोबार देखियो’, उनले भने, ‘हामीले चेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ । लागुऔषध मुद्दामा पक्राउ गरेका अधिकांश युवा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

लागुऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसित पनि समन्वय गरिरहरेको उनको भनाइ छ । त्यसैगरी बिगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट एक सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।

यहाँका विभिन्न स्थानबाट भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको चार करोड ४२ लाख ८४ हजार मूल्य बराबरको सरसामान प्रहरीले बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

प्रतिकृया