• १४ असोज २०८३, बुधबार
  • १ः५२ राती

इस्लाम धर्मावलम्वीले हर्षोल्लासपूर्वक ईद पर्व मनाउँदै

प्रकाशित मिति

२०८० चैत्र २९ गते, बिहीबार ०८:५५

चैत्र २९, २०८० काठमाडौँ: इस्लाम धर्मावलम्वीले आज हर्षोल्लासपूर्वक ईद पर्व मनाउदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि उनीहरुले आज ‘इदउलफित्र’ मनाउन लागेका हुन् ।

National Life

बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर एक अर्कामा शुभकामना गदै पर्व मनाउने गरिन्छ । ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ नमाज पढ्ने गर्छन् ।

खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद(EID) उल फित्र भनिएको हो। यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

Classic Tech Mobile
Classic Tech Desktop

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।

नेपाल सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र(ईद)को अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया