• १५ असोज २०८३, बिहीबार
  • ४ः१५ बिहान

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक, ६ हजार परीक्षार्थी उत्तीर्ण

प्रकाशित मिति

२०८० चैत्र २८ गते, बुधबार ०५:०६

चैत्र २८, २०८० काठमाडौँ: ईपीएस काेरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पहिलो चरणको नतिजा सार्वजनिक गरेको हो । जसमा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्।

National Life

गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म सञ्चालन भएको परिक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । अब पहिलो चरणको परीक्षामा पास भएकाहरूको २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ ।

उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ । ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरु कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुनेछन् । उत्पादन क्षेत्रतर्फको दोस्रो चरणको परीक्षा पनि वैशाखबाट हुनेछ। यसमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ । तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन् ।

प्रतिकृया