• ९ असोज २०८३, शुक्रबार
  • ७ः१३ बेलुका

तीन करोड बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिने निर्देशक मेहतासहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८० चैत्र १८ गते, आईतवार ०४:२४

चैत्र १८, २०८० काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बढी स्वास्थ्य सामाग्री खरिदमा बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिने स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता, लेखा अधिकृत, इन्जिनियरसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

National Life

आयोगले विशेष अदालत काठमाडौँमा स्वास्थ्य सामाग्री खरिदका लागि गरिएको आह्वानमा तीनवटा बोलपत्र दर्ता हुन आएकोमा तीनवैटलाई अस्वीकृत गर्नुपर्नेमा बढी कबोल गर्नेलाई ठेक्का दिएको भन्दै मुद्दा दायर गरेको हो। विशेष अदालतका प्रवक्ता नरहरि घिमिरेका अनुसार तेस्रो हुने र पहिलो हुने फर्महरूले गरेको कवोल रकमको अन्तर २ करोड ८ लाख ६६ हजार ५० रुपैयाँ छ।

आयोगले त्यति नै रकममा बिगो कामय गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

अभियोग पत्रबारे आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त खरिद प्रक्रियामा पेश हुन आएका ३ वटा बोलपत्रदाताहरूले अनिवार्य रूपमा पेश गर्नुपर्ने कागजातहरू पेश नगरेका कारणले ३ वटै बोलपत्रहरू सारभूत रुपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा सो नगरी कोभिड महामारीको विशेष परिस्थिति देखाई अत्यावश्यक स्वास्थ्य पूर्वाधार ज्म्ग् को उपकरण खरिद गर्नैपर्ने वाध्यता रहेको अवस्था मान्दासमेत सबै भन्दा कम रकम कवोल गर्ने बोलपत्रदातालाई छनौट गर्नुपर्नेमा गैरकानूनी लाभ लिने बदनियतले सबैभन्दा बढी रकम कवोल गर्ने बोलपत्रदातालाई छनौट गरेको…।’

आयोगले निर्देशक महेता, हाइ डिपेण्डेन्सी युनिट (एसडियु) खरिद मुल्यांकन समितिका सदस्य तथा प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, एसडियुको उपकरण खरिद मूल्यांकन समितिका सदस्य स्वास्थ्य निर्देशनालयका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।

सामान उपलब्ध गराउने हस्पिटिक इन्टरप्राइजेज प्राइभेट लिमिटेडका तीनकुने र त्यसका व्यवस्थापनक मनोजकुमार आचार्यलाई पनि विपक्षी बनाएको छ।

प्रतिकृया