भारतबाट सम्मानित भए ड्रागन इन्भेष्टमेन्टका किसनराज
प्रकाशित मिति
२०७६ भाद्र १३ गते, शुक्रबार ०१:४९
काठमाडौँ, ड्रागन इन्भेस्टमेन्ट तथा थाङ्का आर्ट ग्यालरीका युवा व्यवसायी,समाजसेवी किसनराज सिंह अन्तर्राष्ट्रिय पुरस्कार बाट सम्मानित हुनुभएको छ । सिंहलाई भारतको मध्यप्रदेश स्थित होटल मर्रिवटमा गत हप्ता सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार वर्ल्डबुक अफ रेकर्ड लन्डनले सम्मान गरेको हो।

नेपालबाट अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट थाङ्का आर्ट ग्यालरी उत्पादन र बिश्व बजारमा चिनाउने भुकिका खेलेको प्रति उच्च मुल्याकन गर्दै वर्ल्ड स्टान्डर डिजासन सर्टिफिकेट डब्लुएससी सम्मान गरेको हो।
नेपालबाट उक्त कार्यक्रममा बिभिन्न विधामा दश जना व्याक्तित्वहरुले पनि सम्मान पाएका थिए।वर्ल्ड स्टान्डर डिजासन सर्टिफिकेट डब्लुएससीबाट सम्मानित किसनराज सिंह १५ वर्षदेखि थाङ्का आर्टको प्रवद्र्धनमा लाग्नु भएको छ। परम्परागत बौद्ध कलामा मात्र सीमित नभई विभिन्न स्थानीय देवीदेउता र चर्चित मौलिक चित्र पनि थाङ्कामा अट्न थालेका छन् । सिंह आफू इतिहास र मौलिक कला झल्किने खालका थाङ्का निर्माणमा जुटिरहेको बताउँनु हुन्छ ।




प्रतिकृया