चोरी गर्ने सात जना पक्राउ
प्रकाशित मिति
२०७६ भाद्र १३ गते, शुक्रबार ०२:१८
मोरङ, विराटनगरका विभिन्न स्थानमा चोरी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१ बाट ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार मधुवनी बस्नेहरु ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता तथा ४४ वर्षीय मो.मोतिउर रहमान, रौतहट गौर नगरपालिका–३ पोखरिया बस्नेहरु ४१ वर्षीय मो.मोहिज धुनियाँ तथा ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका–४ बस्नेहरु ५२ वर्षीय सेख मो.सलिफ र ४६ वर्षीय शेख अलि असगर रहेका छन् । बुधबार दिउँसो सातै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट बिआर ३२ पिए २८३६ नम्बरको स्करपियो गाडी, विभिन्न कम्पनीका मोबाइल ७ थान, नेपाली नगद १२ हजार ८ सय ५० रुपैयाँ, भारतीय नगद ११ हजार ४ सय १० रुपैयाँ, नेपाली सिमकार्ड १ थान, भारतीय सिमकार्ड ९ थान, फलाम काट्न प्रयोग हुने कटर मेसिन १ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ ।

मोरङ विराटनगर महानगरपालिका(२ शनिहाटमा रहेको पन्चकन्या ट्रेड लिंकमा गत साउन २३ गते सटर फुटाई ५ लाख ९५ हजार रुपैयाँ, सोही महानगरपालिकामा रहेको गणनायक मार्केटिङ हाउस (किराना पसल) बाट सोही दिन सटर फुटाई ४ लाख रुपैयाँ, सोही महानगरपालिका–७ कदमाह कृषि सहकारी संस्था लिमिटेडमा भदौ १ गते सटर फुटाई ४ लाख ९५ हजार रुपैयाँ र विराटनगर महानगरपालिका–७ स्थित माँ भवानी ईन्टरप्राईजेजबाट भदौ १० गते सटर फुटाई ६ लाख रुपैयाँ चोरीगरी लगेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त घटनामाँ मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँका सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिकृया