• १४ असोज २०८३, बुधबार
  • ३ः१८ राती

पहिचान पक्षधरले इलाम २ मा डकेन्द्रसिंह थेगिम लिम्बूलाई उठाउने

प्रकाशित मिति

२०८० चैत्र २ गते, शुक्रबार १०:४६

चैत २, २०८० काठमाडौँ: पहिचान पक्षधरहरूले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवार बनाउने भएका छन् । प्रदेश नम्बर एक पुनः नामकरण संयुक्त संघर्ष समितिले आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी लिम्बूलाई उम्मेदवार घोषणा गरेको हो ।

National Life

लामो समय शिक्षण पेशामा आवद्ध रहेका लिम्बू संयुक्त संघर्ष समितिका अध्यक्ष हुन् । फागुन ३० गते बसेको पहिचान पक्षधर संघ-संस्थाहरूको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

‘प्रदेश नम्बर एकलाई भूगोल, ऐतिहासिकता, संस्कृति, सभ्यता, पहिचान आदि पक्ष समेटेर पुनः नामकरण गर्नुपर्नेछ । हामी २०७९ फागुन १७ गतेदेखि आन्दोलनमा छौं । हाम्रो आन्दोलन यथावत छ’, पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ, ‘उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरेका छौं । ‘

Classic Tech Mobile
Classic Tech Desktop

त्यस अवसरमा संघर्ष समितिमा ४१ वटा भन्दा बढी घटक संगठन रहेको त्यस अवसरमा जानकारी दिइएको थियो । ‘संघर्ष समितिमा आवद्ध रहेका ४१ बढी घछक संगठनको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेको छु,’ पत्रकार सम्मेलनमा लिम्बूले भने, ‘म सबैका तर्फबाट स्वतन्त्र उम्मेदवार बन्दैछु । प्रदेश नम्बर एकमा जसरी पहिचानको मुद्दा जसरी उठिराखेको छ । त्यहाँको पहिचान जसरी मेटाउने काम भएको छ । कोशी नाम खारेजी गर्दै पहिचानको आधारमा नामकरण गर्ने मूल भूमिका निर्वाह गर्नेछु ।’

पहिचानलाई नामेट पार्न कोशिस गरिएको भन्दै त्यसका विरुद्ध पहिचानको पक्षमा आफ्नो उम्मेदवारी रहेको उनले बताए । त्यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, किरात राई यायोख्खाका अध्यक्ष जीवन हाताचो राई, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, किरात याक्थुङ चुम्लुङले स्वतन्त्र उम्मेदवारका रुपमा पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवारका रुपमा अगाडि बढाइएको बताए । उनीहरूले पहिचानको आन्दोलन जारी रहेको भन्दै इलाम २ मा हुन गइरहेको उपनिर्वाचनलाई आफूहरूले प्रयोगका रुपमा लिएको समेत बताएका थिए ।

इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ । गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका उम्मेदवार सुवास चन्द्र नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिकृया