• ९ असोज २०८३, शुक्रबार
  • ४ः२८ बेलुका

पत्रकार बजगाईलाई ठुलेको सम्मान

प्रकाशित मिति

२०८० फाल्गुन १७ गते, बिहीबार ११:३२

फागुन १७, २०८० काठमाडौँ: सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईलाई सम्मान गरिएको छ ।

National Life

दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर्तनमा योगदान पु-याएबापत सम्मान गरिएको वेब सिरिज ठुलेका निर्माता बिक्रम लामाले बताउनु भयो । बजगाईलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य (काभ्रे क्षेत्र नं.–१) एवं पूर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज), चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वेब सिरिज ठुलेका निर्माता बिक्रम लामा, लेखक निर्देशक विष्णु रिजाललगायतले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी पुजन धिताल र ठुलेका कलाकारहरुलाई सम्मान गरिएको थियो ।

पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया