• ८ असोज २०८३, बिहीबार
  • ९ः५५ राती

भजन शिरोमणि भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

प्रकाशित मिति

२०८० फाल्गुन १५ गते, मंगलवार ०४:५७

फागुन १५, २०८० काठमाडौँ: भजन शिरोमणि भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् ।

National Life

सोमबार अपरान्ह निधन भएका आचार्यको केहीबेर अघि पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो । आज बिहानैदेखि उनको श्रद्धान्जलीका लागि नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानमा उनको पार्थिव शरिर राखिएको थियो ।

उनको पार्थिव शरिरमा मार्ल्यापण गर्दै श्रद्धासुमन व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा माधवकुमार नेपालसहित मन्त्रीदेखि कलाकार र सर्वसाधारणको समेत भीड रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

मुटु जलिरहेछ, यो मन गलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, हजार सपनाहरूको माया लागेर आउँछ, जहाँ छन् बुद्धका आँखा, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत कालजयी गीतहरु गाएका थिए ।

त्यस्तै एक दिन मैले प्रभुसँग सोधेँ, तन मन वचनले, सब निदाए प्रभु, लौन अब मेरो प्रभु र जगतकी आमा लगायत चर्चित भजनहरु समेत उनले बाचन गरेका थिए ।

प्रतिकृया