• ९ असोज २०८३, शुक्रबार
  • १ः३२ राती

टेरामक्स प्रकरणमा अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको अख्तियारको दाबी

प्रकाशित मिति

२०८० फाल्गुन १५ गते, मंगलवार ०५:०४

फागुन १५, २०८० काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् । प्रमुख आयुक्त प्रेमबहादुर राईले टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका हुन् ।

National Life

टेरामक्स प्रकरणमा तथ्य र प्रमाणलाई केलाउने काम भइरहेको उनको दाबी छ । त्यस्तै उनले वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको जानकारी दिए । अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन कठिन भइरहेको र दुईपक्षीय सम्झौता नभई सूचना दिन नसक्ने जवाफ आएकाले सरकारले यसमा ध्यान दिनुपर्ने उनले बताए ।

राईले सेक्युरिटी प्रेसको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको भन्दै पोख्त प्रमाण र आधार नभएसम्म कसैलाई दोषी ठहर गर्न नहुने जिकिर गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

अख्तियारका प्रमुख आयुक्त राईले अहिले सबै भन्दा बढी भ्रष्टाचार आइटी क्षेत्रमा देखिएकाले सुधारका लागि सरकारलाई १० बुँदे सुझाव दिएको जानकारी दिए ।

प्रतिकृया